आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धन आवद्ध विद्यार्थी संगठनको आज प्रदर्शन

प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धन आवद्ध विद्यार्थी संगठनको आज प्रदर्शन

विपक्षी गठबन्धन आवद्ध पाँच राजनीतिक दलका विद्यार्थी संगठनले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दैछन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- विपक्षी गठबन्धन आवद्ध पाँच राजनीतिक दलका विद्यार्थी संगठनले आज प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्दैछन्।

एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधव कुमार नेपाल निकट अनेरास्ववियूकी महासचिव आरती लामाले आज सरकार र प्रधानमन्त्रीविरुद्ध सडक प्रदर्शन गर्न लागिएको जानकारी दिइन्।

‘प्रधानमन्त्रीले चालेका असंवैधानिक कदम र पछिल्ला गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको हो,’उनले भनिन्।

नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेका हुन्। 

नेतृ लामाले देशैभर सरकारको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरिने जानकारी दिइन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको विपक्षी गठबन्धनको बैठकले पनि प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको थियो। कोरोना महामारीको बढ्दो प्रकोपकाबीच स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम गर्दै सडक प्रदर्शन गर्ने उनीहरुले निर्णय गरेका थिए।

प्रकाशित: Jun 24, 2021| 03:11 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।