आइतबार, भदौ ७, २०८३

सन्तोषी हत्या प्रकरण : एक जना पक्राउ

सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेका छन्।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्दाजी २१ वर्षीय सुरेश तिम्सिना रहेका छन्।

तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको प्रहरी स्रोतले बताएको छ। उनी विभिन्न पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला हुन्।

अहिले दिउँसो महाशाखाले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले पनि हत्यामा संलग्न भएको अभियोगमा महाशाखाले एकजनालाई पक्राउ गरेको पुष्टि गरे।

प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेर थप अनुसन्धान थालेको जनाएको छ।

चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

 

प्रकाशित: Jun 24, 2021| 05:38 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।