काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफु निकट केन्द्रीय सदस्यहरुको भेला स्थगित भएको छ। पौडेलले आज दिउँसो २ बजे भेला डाकेका थिए। तर, विपक्षी गठबन्धनले २ बजे नै सम्पादकहरुसँग अन्तरक्रिया गर्ने तय भएपछि पौडेलले भेला भोलीका लागि सारेका छन्।
‘गठबन्धनले गर्ने अन्तरक्रियामा हाम्रा नेताहरु पनि जानुपर्ने र समय पनि जुधेकाले आजका लागि भेला स्थगित भएको छ,’ पौडेलको सचिवालयले भन्यो, ‘भेला भोली हुनेछ।’
पौडेलले १४औं महाधिवेशनका तयारीका बारेमा छलफल गर्न केन्द्रीय सदस्यहरुको भेला डाकेका थिए। क्रियाशील छानविनको मापदण्डमा सहमति हुन नसकेको र महाधिवेशनका अन्य तयारीका बारेमा छलफल गर्न पौडेलले भेला बोलाएका थिए।