ब्राउन सुगरसहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १४ ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्कालाई पक्राउ गरेको हो।
यूईफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज बुधबार राति क्वाटर्रफाइनल अन्तर्गत हुने खेलमा उपाधि दाबेदारका रुपमा हेरिएका टिमहरु इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबीच रोमाञ्चक खेल हुँदैछ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरूपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
अछाम पञ्चदेवल बिनायक नगरपालिका-९ भानाकोटस्थित कर्णाली नदीको किनारमा कालिकोट नरहरीनाथ गाउँपालिका-८ बल्देगाउँ बस्ने ४१ वर्षीय पूर्ण बहादुर बिष्ट मंगलबार मृत अवस्थामा फेला परेका छन्।
शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ। वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए।
उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ। प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए।