आइतबार, असार ७, २०८३

पनौतीमा हुने हरिसिद्धि जात्राको तयारी तीव्र

साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरिसिद्धि जात्राको तयारी तीव्र पारिएको छ। साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन। 

National life

यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरिसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए। जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ। विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ। अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ। 

विसं २०६६ मा जात्रा आयोजना गर्न रु पाँच लाख खर्च भएको थियो। यसपटक रु १६ लाख खर्च हुने अनुमान गरिएको छ। जात्राका लागि पनौती नगरपालिकाले रु १५ लाख सहयोग गरेको छ। 

चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरिसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ। यस्तै वैशाख १ गते हरिसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ। 

त्रिशक्ति हरिसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा  बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ।

Shivam cement

करिब दुई हजार वर्ष पहिले हरिसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ। जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ। 

हरिसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ। पूर्वमा नमोबुद्ध भगवान्, पश्चिममा फूलचोकी माई, उत्तरमा धनेश्वर महादेव र दक्षिणमा नारायणस्थानले घेरिएको पनौती उपत्यका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको नगर हो।

प्रकाशित: Apr 06, 2022| 11:40 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।