बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानस्थलमा 'यात्रुमैत्री प्रहरी व्यवहार' प्रवर्द्धन कार्यक्रम सुरु

विमानस्थलमा 'यात्रुमैत्री प्रहरी व्यवहार' प्रवर्द्धन कार्यक्रम सुरु

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ। प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 'यात्रुमैत्री प्रहरी व्यवहार' प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ। प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्।

विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मंगलबारदेखि प्रशिक्षण थालिएको हो।

समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। 

यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने उनको बुझाइ छ। कतिपय अवस्थामा सुरक्षाकर्मीको व्यवहार रूखो हुने गरेको भनेर आलोचना खेप्दै आएका बेला उक्त कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ।

प्रकाशित: Apr 06, 2022| 11:09 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।