बुधबार, फागुन २०, २०८२

पाल्पाको रानीमहल परिसरमा महिलाबीच भलिबल प्रतियोगिता हुने

प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुनेछ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

kumari

पाल्पा- पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ। प्रतियोगिता चैत २४–२६ गतेसम्म सञ्चालन हुनेछ। 

प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए। करीब ३० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताका विजेताले १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

दोस्रो हुनेले ५० हजार तथा उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार प्राप्त गर्नेछन्। ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए। प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ। सम्पूर्ण खेलाडीको २ लाख रुपैयाँ बराबरको बीमा समेत आयोजकले गरेको छ।

प्रकाशित: Apr 06, 2022| 11:55 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।