काठमाडौं- नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा एक रुपैयाँले बढेको सुन बुधबार तीन सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामामा ९८ हजार ५०० रुपैयाँ कायमा कारोबार भइरहेको छ। आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।
यसअघि मंगलबार सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० कायम गरिएको थियो। तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँमा किनबेच भएको थियो।