आइतबार, साउन ३१, २०८३

धादिङमा कांग्रेस नेताबीच कुटाकुट, गाउँपालिका अध्यक्ष घाइते

धादिङमा स्थानीय तहको निर्वाचनको टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

धादिङ- धादिङमा स्थानीय तहको निर्वाचनको टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ। नेताहरूबीच भएको विवादले हात हालाहालको स्थिति सिर्जना गरेको हो।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्। घाइते तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले एक जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको बताएका छन्। पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन।

आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।

प्रकाशित: Apr 06, 2022| 10:24 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...