आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगमा आज डिफेन्डिङ च्याम्पियन चेल्सी र रियल मड्रिड भिड्दै

च्याम्पियन्स लिगमा आज डिफेन्डिङ च्याम्पियन चेल्सी र रियल मड्रिड भिड्दै

यूईफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज बुधबार राति क्वाटर्रफाइनल अन्तर्गत हुने खेलमा उपाधि दाबेदारका रुपमा हेरिएका टिमहरु इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबीच रोमाञ्चक खेल हुँदैछ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं– यूईफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज बुधबार राति क्वाटर्रफाइनल अन्तर्गत हुने खेलमा उपाधि दाबेदारका रुपमा हेरिएका टिमहरु इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबीच रोमाञ्चक खेल हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने एक बजे चेल्सीको घरेलु मैदान स्ट्रमफोड व्रिड्जमा हुनेछ।

National life

होम एन्ड अवे लेग अवधारणामा हुने खेलमा आज चेल्सीले घरेलु टोलीका रुपमा स्पेनिस टिमको सामना गर्नेछ। यसपटक च्याम्पियन्स लिगमा अवे गोलको नियम हटाइएकाले विजयी हुने टिमले स्पष्ट गोल अन्तरमै जित निकाल्नुपर्छ। आज चेल्सीको घरेलु मैदानमा यो खेल भएपछि दोस्रो खेल रियलको घरेलु मैदानमा हुनेछ। दुवै लेगको नतिजा मिसाउँदा विजयी हुने टिम सेमिफाइनल प्रवेश गर्नेछ। 

 यसअघि अन्तिम १६ मा चेल्सीले फ्रान्सेली टिम लिलेलाई र रियल मड्रिडले अर्को फ्रान्सेली टिम पिएसजीलाई हराएर अन्तिम आठमा प्रवेश गरेका हुन्।। इंग्लिस टोली चेल्सी यस प्रतियोगिताको साविक विजेता समेत हो। यी दुई टोली अघिल्लो सिजन पनि नकआउट चरणमा भेट भएका थिए, जसमा चेल्सीले रियल मड्रिडलाई हराएर फाइनल प्रवेश गरेको थियो।

साविक विजेता चेल्सी आफ्नै मैदानमा उच्च मनोबलका साथ मैदान उत्रिँदै छ भने पाहुना टोली रियल मड्रिड पनि पुरानो पराजयको बदला लिने उद्देश्यका साथ मैदान उत्रिँदै छ। दुवै टिम अहिले उत्कृष्ट लयमा रहेका कारण खेल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

 यता, आजै हुने अर्को खेलमा उपाधि दाबेदार जर्मन टिम बायर्न म्युनिखले स्पेनिस टिम भिल्लारियलसँग खेल्दै छ। खेल भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा नेपाली समय अनुसार राति पौने १ बजे नै हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2022| 12:25 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।