आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : लिभरपुलले बेन्फिकालाई र सिटीले एट्लेटिकोलाई हरायो

च्याम्पियन्स लिग : लिभरपुलले बेन्फिकालाई र सिटीले एट्लेटिकोलाई हरायो

बेन्फिकाको मैदान मंगलबार राति सम्पन्न भएको खेलमा पाहुना टिम लिभरपुलले घरेलु टिमविरुद्ध ३–१ को जित निकालेको छ।
 |  बुधबार, चैत २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २३, २०७८

काठमाडौं- युरोपेली माथिल्लो श्रेणीको फुटबल च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले जित निकालेको छ।

National life

बेन्फिकाको मैदान मंगलबार राति सम्पन्न भएको खेलमा पाहुना टिम लिभरपुलले घरेलु टिमविरुद्ध ३–१ को जित निकालेको छ। लिभरपुलको जितका लागि इब्राहिम कोन्टे, साडियो माने र लुई डियाजले गोल गरेका थिए। बेन्फिकाका लागि डार्विन नुवेजले एक गोल फर्काए।

त्यस्तै, म्यानचेस्टर सिटीको इतिहाद रंगशालामा भएको खेलमा भने घरेलु टिमले पाहुना टोली एट्लेटको मड्रिडलाई १–० ले हराएको छ।

खेलको ७१ प्रतिशत समय बलमा नियन्त्रण बनाएको सिटीका केभिन डिब्रुएनाले ७०औं मिनेटमा गोल गर्दै सिटीलाई जित लिलाएका हुन्।

लिगको पहिलो लेगको खेलमा आज राति भिल्लारियलले बायर्नको सामना गर्नेछ भने चेल्सीले रियल मड्रिडको सामना गर्नेछ। त्यस्तै, दोस्रो लेगको खेल भने अर्को हप्ता हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 06, 2022| 09:50 बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।