चितवनको भरतपुर महानगरपालिका-१० रमाइलोचोकका देवी श्रेष्ठले आइतबार सुनसान रातमा एक्कासि 'भ्यात्त' केही खसे जस्तो सुने। उनी मस्त निन्द्रामा थिए। त्यही आवाजले झस्किएर बिउँझिए।
भारतको भुवनेश्वरमा आजबाट पुरुष यू-२० साफ च्याम्पियन्ससिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाले आज माल्दिभसविरुद्ध खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बाट सुरु हुनेछ।
एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ। सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।
एक महिनाअघि एन्फाको निर्वाचनमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका अल्मुताइरीसँग खटपट भएकाले शंका गर्ने आधार भने प्रशस्तै छन्।
जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन्। तिला गाउँपालिका-४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँच जना बिरामी भएका हुन्।
दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका- ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन्।
उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ।
गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्स-रे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ।