मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फुटबल प्रशिक्षक अलमुताइरी नेपाल फर्किनेमा अन्योल

एक महिनाअघि एन्फाको निर्वाचनमा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेका अल्मुताइरीसँग खटपट भएकाले शंका गर्ने आधार भने प्रशस्तै छन्।
 |  सोमबार, साउन ९, २०७९
nespernesper

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, साउन ९, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी अहिले उपचार तथा बिदाइका क्रममा कुवेतमा छन्। नेपालले एएफसी एसिया कपको छनोट कुवेतमा खेलेपछि उनी उपाचारका लागि उतै बसेका थिए। केही समयअघि मात्रै उनले नेपाल नफर्किने संकेत गर्दै इन्स्टाग्राममा स्टोरी लेखे, फेरि पछि उनले त्यसलाई डिलिट पनि गरे। त्यसपछि पुनः केही दिनमा नेपाल फर्किने संकेत गर्दै फेसबुकमा स्टोरी राखे। जसमा लेखिएको थियो, अबको लक्ष्य विश्वकप २०२६, एसिया कप २०२७ को छनोट र साफ च्याम्पियन्ससिप सन् २०२३। यसबाट उनी नेपाल फर्किन सकारात्मक छन् भन्ने बुझिन्छ। केही समयअघि एन्फा केन्द्रीय समिति बैठकले अल्मुताइरीलाई प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने/नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई सुम्पियो। सोही निर्णयअनुरुप एन्फा सचिवालयले हाल कुवेतमा रहेका अल्मुताइरीसँग कुराकानी गर्‍यो। त्यो कुराकानीमा उनी नेपाल फर्कन सकारात्मक देखिएका छन्। 

triton college

अल्मुताइरी नेपाल फर्किने विषयलाई लिएर एन्फाका महासचिव किरण राईले नेपाल समयसँग कुरा गर्दै भनेका छन्, ‘उहाँ अहिले कुवेतमा हुनुहन्छ। मैले उहाँसँग कुरा गरेको छु। उहाँ नेपाल फर्किन सकरात्मक देखिनुभएको छ। अल्मुताइरी नेपाल आएपछि मात्रै सबै कुराको टुंगो लाग्नेछ। उपचार सकेर सेप्टेम्बरसम्म नेपाल फर्किनुहुनेछ। त्यसपछि सम्झौताको विषयमा छलफल हुन्छ। अर्को निर्णय नभएसम्म अल्मुताइरीनै नेपालको मुख्य प्रशिक्षक हुन्। अल्मुताइरीसँग ठोस छलफल नभएसम्म अन्य प्रशिक्षकका बारेमा सोचेका छैनौं। उनको सन् २०२६ सम्म नेपालसँगको सम्झौता छ। त्यसैले उहाँलाई नेपाल फर्काउन प्रयास गरिरहेका छौं।’

महासचिव राई यसअघिको कार्यसमितिमा प्रवक्ता थिए। तर प्रशिक्षक अल्मुताइरीसँगको विवादले गर्दा नेतृत्व कार्यशैलिप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए।

एक महिनाअघि एन्फाको निर्वाचनमा अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित भए। अध्यक्षमा नेम्वाङ निर्वाचित भएसँगै प्रशिक्षक अल्मुताइरीको विषयले पनि चर्चा पायो। नेपाली राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेको केही महिनामै अल्मुताइरीको नेम्वाङसँग विवाद भएको थियो। त्यसपछि यी दुईबीचको सम्बन्ध राम्रो छैन। विगत एक वर्षदेखि यी दुईबीचको सम्बन्धमा खासै सुधार आएको छैन। 

कतारले सहयोगस्वरुप प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक अल्मुताइरीलाई २०७७ चैतमा नेपाल पठाएको थियो। उनलाई नेपालले खान र बस्न व्यवस्था गर्छ भने उनको पारिश्रमिक कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। 

अल्मुताइरीको प्रसंगमा दुई वटा प्रश्न छन्। के उनी नेपाल फर्किन्छन् ? दोस्रो कुरा, एन्फाले उनलाई निरन्तरता दिन्छ कि दिँदैन? फुटबल गतिविधिलाई हेर्दा एउटा प्रशिक्षक राख्नु वा नराख्नु तथा प्रशिक्षक फेरिरहनु सामान्य घटना हो।

Metro Mart
vianet

कतारले सहयोगस्वरुप प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक अल्मुताइरीलाई २०७७ चैतमा नेपाल पठाएको थियो। उनलाई नेपालले खान र बस्न व्यवस्था गर्छ भने उनको पारिश्रमिक कतार फुटबल एसोसिएसनले उपलब्ध गराइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि प्रो–लाइसेन्स प्राप्त मुख्य प्रशिक्षक थिएनन्। योहान कलिनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिमको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका थिए। तर यी दुवै प्रशिक्षक प्रो–लाइसेन्स प्राप्त हैनन्। 

विवादित अल्मुताइरी

मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको आधा वर्ष पनि नबित्दै उनी विवादमा तानिए। एन्फा सचिवालय मातहत रहेर काम नगरी एकलौटी तथा आफूखुसी गरेको आरोप उनलाई लाग्यो। यस घटनालाई लिएर खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत बनाएको छानबिन समितिले प्रशिक्षकले आचरण सुधार गर्नुपर्ने, एन्फाको नियम र समझौताअनुसार काम गर्नुपर्ने जस्ता सुझाव दिँदै अल्मुताइरीलाई दोषी देखायो। अल्मुताइरी तत्कालीन एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग निकट थिए। त्यसैले शेर्पा धेरै आलोचनामा अलमुताइरीको पक्षमा थिए। शेर्पाबाहेक सबै एन्फा कार्यसमितिसँग सम्बन्ध बिग्रिएका अल्मुताइरीले उनीबाहेक अरूसँग काम गर्न नसक्ने बताएका थिए। 


एएफसी एसिया कपको छनोट खेल हुनुअघि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका १० खेलाडीसँग उनको विवाद भयो। विवादका कारण उनले राष्ट्रिय टिमका १० खेलाडीलाई क्याम्प छाड्न निर्देशन दिए। स्वैच्छिक निर्णय गरेको भन्दै त्यसपछि अलमुताइरीको आलोचना बढ्न थाल्यो। पछि एन्फाको छानबिन समितिले प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्न भन्यो। 

आफ्नो मुख्य काम तथा जिम्मेवारीमा रहेर खेलाडी छनोट, प्रशिक्षण र मूल्यांकनबाहेक अन्य काममा पनि अल्मुताइरीले हस्तक्षेप गरेका कारण उनको आलोचना हुने गथ्र्यो। त्यस्तै, उनी सञ्चार माध्यममा अनावश्यक टिप्पणी पनि गर्थे। उनलाई यस्ता कार्य नदोहोर्‍याउन पटक–पटक सुझाए पनि त्यसलाई बेवास्ता गरे।

समय–समयमा विवादित बनिरहे पनि अल्मुताइरीको नेपाली फुटबलको स्तर उकास्नमा ठूलो प्रभाव छ। कतिपयले त उनको कारण नेपाली फुटबल उत्कर्षमा पुगेको विश्लेषण पनि गरे। उनले नेपाली टिम सम्हालेको केही महिनापछि नेपालले विश्व कप र एसिया कप छनोटका खेल खेल्यो। त्यहाँ उनले टिममा नयाँ खेलाडीलाई अवसर दिँदै परिवर्तन देखाए। उनले खेलाएका खेलमा केही नयाँ पन पनि देखियो। विश्वकप छनोटअन्तर्गतका केही खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। इराकविरुद्धको खेलमा ठूलो अन्तरले पराजित भए पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्नुका साथै टिममा आक्रमक खेलशैलीको विकास भयो। त्यसपछिको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले पराजित गर्‍यो। 

अल्मुताइरीको अवधिमा नेपालले १९ खेल खेल्यो, जसमा १३ हार, ५ वटा जित र २ बराबरी खेलेको छ। समग्रमा हेर्दा उनको नेतृत्वमा नेपालको खेल औसत रहेको छ। त्यसमा पनि नेपाललाई इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउनु उनको सबैभन्दा सफल पक्ष रह्यो। यस्तै उनले धेरै युवा खेलाडीलाई टिममा मौका पनि दिएका छन्। उनले खेलाएका १९ खेलमा १५ जना नयाँ खेलाडीले डेब्यु गर्ने मौका पाए। यिनै कारणले गर्दा अल्मुताइरीले धेरै नेपालीको मन जितेका छन्।

प्रकाशित: Jul 25, 2022| 10:55 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।