बिहीबार, मंसिर ४, २०८२

प्रधानमन्त्री र नेकपा माओवादीका नेताबीच भेटवार्ता

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ।

National life

उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटगरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राखेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ’, महासचिव विप्लवले भने ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।’

प्रकाशित: Nov 20, 2025| 20:34 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्