सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिपले स्कुटरलाई ठक्करबाट ललितपुरमा स्कुटर चालकको मृत्यु

जिपले स्कुटरलाई ठक्करबाट ललितपुरमा स्कुटर चालकको मृत्यु

ललितपुरको बालकुमारी खरीबोटमा सोमबार बिहान जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- ललितपुरको बालकुमारी खरीबोटमा सोमबार बिहान जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ।

National life

ज्यान गुमाउनेमा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगर रहेकी छन्।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको धोबिघाट बस्ने २३ वर्षीया शकुन्तला घर्ती घाइते भएकी छन्। उनको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४५प १३४५ नम्बरको स्कुटरलाई आज बिहान सवा ३ बजे नम्बर नखुलेको जिपले ठक्कर दिएको थियो। 

दुर्घटनापछि जिपसहित फरार भएका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 25, 2022| 10:46 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।