सोमबार, जेठ ४, २०८३

अछाममा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर-२ भुलुमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एकै परिवारका तीन जनाको रहेका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर-२ भुलुमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एकै परिवारका तीन जनाको रहेका छन्।

National life

स्थानीय पदम सिंह विष्टको घर पुरिँदा उनका परिवारका सदस्यहरूको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ज्यान गुमाउनेमा २५ वर्षीय वीरेन्द्र, १५ वर्षीय संविधान र ४५ हरिकला विष्टको घटनास्थलमै मृत्यु हो।

६२ वर्षीया नैना विष्ट घाइते भएकी छन्। पाँच बाख्रा पनि मरेका छन्। उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयको भनाइ छ।

प्रकाशित: Jul 25, 2022| 08:05 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।