सोमबार, फागुन १८, २०८२

साफ यू-२० फुटबलमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्ने

भारतको भुवनेश्वरमा आजबाट पुरुष यू-२० साफ च्याम्पियन्ससिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाले आज माल्दिभसविरुद्ध खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बाट सुरु हुनेछ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- भारतको भुवनेश्वरमा आजबाट पुरुष यू-२० साफ च्याम्पियन्ससिप सुरु हुँदैछ। उद्घाटन खेलमा नेपाले आज माल्दिभसविरुद्ध खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ४:१५ बाट सुरु  हुनेछ।

त्यस्तै आजै हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्। प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ मा र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

नेपाली कप्तान आयुष घलानले प्रतियोगिताका लागि टोली तयार रहेको बताए। प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने बताए।  

त्यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने दाबी गरेका छन्। 

च्याम्पियनसिप सुरु हुनुअघि भारतको भुवनेश्वरमा आज आइतबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका हुन्। 

kumari

नेपाली टोली

गोलरक्षक : ईश्वर गुरुङ, युनेश चौधरी र जियारथ शेख

डिफेन्डर : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा

मिडफिल्डर : दीपेश गुरुङ, आशीष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

फरवार्ड : रोहित सुब्बा, निरञ्जन मल्ल र रोहन खड्गी

प्रकाशित: Jul 25, 2022| 11:36 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।