मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन गृहमन्त्रीको निर्देशन

अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन्। 

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र डीएसपी नारायण डागीलाई टेलिफोन गरेर गृहमन्त्रीले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन्। 

आवश्यक सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै घाइतेको उपचार र तत्कालको राहत उपलब्ध  गराउन मन्त्रीले प्रमुख जिल्ला अधिकारीलाई भनेका छन्। 

आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजू हरिकला विष्ट, भाइ वीरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको थियो। 

प्रकाशित: Jul 25, 2022| 11:18 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।