आइतबार, असोज ११, २०८३

नेपाली बजारमा सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार छापावाल सुन सोमबार एक सय रुपैयाँ घटेर ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार गर्न सकिनेछ।

प्रकाशित: Jul 25, 2022| 12:20 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्