सोमबार, जेठ ४, २०८३

पाल्पा बस दुर्घटना : ज्यान गुमाउने ६ जनाको सनाखत 

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका- ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन्।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

बुटवल- पाल्पामा आइतबार साँझ भएको दुर्घटनामा परि मृत्यु भएका ६ जनाको सनाखत भएको छ।

National life

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका- ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन्। 

यसैगरी रुपन्देही देवदह नगरपालिका- ७ का ८७ वर्षीया डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका- २ का ४५ वर्षीय सुरज भन्ने यज्ञ बहादुर सोमै, नवलपरासी (पश्चिम) बर्दघाट- ५ का २४ वर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाड गाउँपालिका- १० का ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताएका छन्। 

बागलुङ बुर्तिबाङबाट बुटवल तर्फ जाँदै गरेको लु१ख ५९५२ नम्बरको बस आइतबार साँझ ५ बजेतिर पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटना भएको थियो। दुर्घटनामा परि घाइते भएकाहरु १६ जना मध्ये ८ जना उपचार पश्चात् घर फर्किएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 25, 2022| 09:37 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।