निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन सकिने गरी निर्णय गरेको छ।
पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो।
उनले सरकारले खर्च गर्न नसकेको रकमको ९० देखि ९५ प्रतिशतसम्मको रकमलाई वाणिज्य बैंक मार्फत कर्जा प्रबाह गर्ने व्यवस्था गरेमा तरलता कम हुने दाबी गरेका छन्।
होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने भन्दै कर्जा तिर्ने म्याद दुई वर्ष थप्न माग गरेका छन्। होटलहरुको छाता संगठन होटल संघ नेपालले अझैपनि कोभिडका कारण व्यवसाय पुरानो अवस्थामा फर्किन नसकेको...
नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ। पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकासे मन्त्रालयको मन्त्री बनाइदिने आश्वासन दिएका छन्।
२३ वर्षदेखि चुनावी प्रतिस्पर्धामा होमिँदै आएका दुई नेतामध्ये भण्डारीलाई गठबन्धनको भरोसा छ भने ज्ञवालीले स्थानीय तह निर्वाचनमा पाएको मताधारलाई गणना गरेर आफ्नो जित हुने आकलन गरेका छन्।
जोशीलाई नेपाल भाषाका विद्वान् कहलाइने गरिए पनि समग्र लोक–साहित्य र संस्कृतिकै मियो थिए। १०३ वटा वर्षको हिउँद र बर्खा झेलेका जोशीले अर्थपूर्ण जीवन बाँचे। सबैलाई रुवाएर एक्लै गए।
स्थानीय तह निर्वाचनमा कांग्रेसले खड्काको निर्वाचन क्षेत्र सुर्खेत–१ मा बेहोरेको क्षति, कर्णाली प्रदेशको विपक्षमा भएको आरोपसहित संस्थापन इतर समूहका हृदयराम थानीबाट असहयोग भए चुनावी नतिजा उलटफेर हुने आकलन छ।