शनिबार, असार ६, २०८३

कलिङ साहित्य महोत्सवमा 'फेसिङ अ लिटल भोल्क्यानो' सार्वजनिक

समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तरवार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक भएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौ‌– समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तरवार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक भएको छ।

National life

ललितपुरको होटल हिमालयमा चलिरहेको ‘कलिङ साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ। संवादले एउटा लेखकको निर्मित, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ। 

पुस्तकलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको हो। समालोचक अधिकारीको यो दोस्रो संवाद–पु्स्तक हो ।

प्रकाशित: Oct 16, 2022| 14:50 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।