सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ कात्तिक २ गतेसम्म उम्मेदवार बन्‍न योग्य रहेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङ कात्तिक २ गतेसम्म उम्मेदवार बन्‍न योग्य रहेका छन्। 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । साथै, सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो। निर्वाचन कार्यालयको उक्त निर्णय बद गरी आफ्नो उम्मेदवारी कायम गर्न माग गर्दै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

अब कात्तिक २ गते सर्वोच्चको संयुक्त इजलासले आइतबार एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिए गुरुङको उम्मेदवारी कायम रहने छ। तर, संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा गुरुङ उम्मेदवार बन्‍न पाउने छैनन् ।

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धा गर्न रुपन्देही-२ मा नेपाली कांग्रेससहितको गठबन्धनका तर्फबाट गुरुङले उम्मेदवारी दिएका थिए। गुरुङको उम्मेदवारी कायम नभए पौडेल सहजै निर्वाचित हुनेछन्। कानुन व्यवसायी किशोर पौडेलले गुरुङको उम्मेदवारी कात्तिक २ गतेसम्म कायमै रहने बताएका छन्। 

यसअघि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्नु गलत रहेको बताएका छन्। यसअघि निर्वाचन कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलको टेलिफोनका भरमा उम्मेदवार खारेज गरेको थियो। 

प्रकाशित: Oct 16, 2022| 20:00 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...