बुधबार, असार ३, २०८३

ओनसरीलाई विकासे मन्त्री बनाइदिने प्रचण्डको आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकासे मन्त्रालयको मन्त्री बनाइदिने आश्वासन दिएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकासे मन्त्रालयको मन्त्री बनाइदिने आश्वासन दिएका छन्।

National life

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले घर्तीभित्रै धेरै अन्तरनिहीत क्षमता रहेको बताए। त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे।

प्रचण्डले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए। उनले भने, ‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ। यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्। उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरुको अगाडि पठाइनेछ। यो विश्वास दिलाउन चाहन्छु।’

ओनसरी संघर्षै संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा आफूले नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो। उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए।

प्रकाशित: Oct 16, 2022| 17:40 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...