बुधबार, मंसिर १७, २०८२

सत्यमोहनको अन्तिम बिदाइ [तस्बिरहरु]

प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको झन्डा ओढाएर श्रद्धान्जली दिएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असोज ३०, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई नेपालको झन्डा ओढाएर श्रद्धान्जली दिएका छन्।

National life

ललितपुर महानगरपालिका परिसरमा राखिएको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले नेपालको झन्डा ओढाएका हुन्। उनीसँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि ओढाएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उर्जा मन्त्री पम्पा भुसाल, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगायत पुगेका थिए। उनलाई ललितपुर महानगर परिसरमा अपराह्न ४ बजेसम्म राखिनेछ। त्यसपछि संरक्षण तथा अध्ययनका लागि किष्ट अस्पतालमै फिर्ता लगिनेछ।

शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको हो। बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्‍ने भएको हो। उनको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो।


Laxmi sunrise bank
kumari










प्रकाशित: Oct 16, 2022| 14:21 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।