बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'बीसीडी' मोडल कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले विज्ञहरुसँग छलफल

'बीसीडी' मोडल कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले विज्ञहरुसँग छलफल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन्।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आगामी निर्वाचनको प्रचारप्रसारसहित विज्ञहरुसँगको छलफललाई तीव्रता दिएका छन्। काठमाडौं क्षेत्र नं ५ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेता पौडेलले असोज २३ गते उम्मेदवारी दर्ता गराएसँगै आफ्नो निर्वाचन क्षेत्रमा नयाँ योजनासहित प्रचारप्रसारलाई तीव्रता दिएका हुन्।

National life

निर्वाचन क्षेत्रको समग्र विकासका लागि शनिबार ‘बिसीडी’ मोडल सार्वजनिक गरेका उनले त्यसलाई कार्यान्वयन गर्न आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन्। सो क्रममा नेता पौडेलले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम वाग्ले, अर्का पूर्व उपाध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरबिन्द कुमार मिश्र, राजनीतिक विश्लेषकद्वय पुरञ्जन आचार्य तथा गेजा शर्मा वाग्ले लगायतसँग भेटघाट र छलफल गरेका हुन्। 

वाग्ले र पोखरेल नेपाली कांग्रेसको घोषणापत्र निर्माण समितिको सदस्यको रुपमा समेत काम गरिसकेका छन्। भेटघाटका क्रममा आफ्नो क्षेत्रको समग्र विकास र बीसीडी मोडलको कार्यान्वयनका विषयमा छलफल गरेका हुन्। नेता पौडेलले ‘बी’ अर्थात् ब्रेन ड्रेनका समस्या समाधान, ‘सी’ अर्थात् भ्रष्ट्राचार नियन्त्रण र ‘डी’ अर्थात् डेभलपमेन्टको कुरालाई मुख्य एजेण्डा बनाएका छन्।

आफ्नो निर्वाचन क्षेत्रबाट देशकै लागि विकासको नमुना निर्वाचन क्षेत्र बनाउने योजनासहित निर्वाचनमा होमिएका नेता पौडेलले आगामी निर्वाचनबाट काठमाडौंको विकासको मोडल कस्तो बनाउने भन्ने विषयमा छलफल गरेका हुन्। उक्त योजनालाई सुरुमा काठमाडौं–५, त्यसपछि काठमाडौं र देसैभरी लागू गर्ने योजनामा रहेका छन् पौडेल। 


Shivam cement

भेटघाटका क्रममा समग्र निर्वाचनको विषयमा समेत छलफल भएको थियो। नेता पौडेलले अघि सारेको बीसिडी मोडलका नयाँ विकास मोडल हुनसक्ने विज्ञहरुले सुझाव दिएका थिए।

प्रकाशित: Oct 16, 2022| 18:10 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...