शनिबार, भदौ २७, २०८३

सहरी विकासमन्त्री चौधरीलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

काठमाडौं- निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। एक अनलाइन सञ्चारमाध्यममा मन्त्री चौधरीले चामल बाँडेको समाचारलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।

‘मिति २०७९ असोज २९ गते को नेपाल प्रेसमा प्रकाशित ‘चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी’ भन्ने शीर्षकको समाचार र सोही विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति आयोगको ध्यानाकर्षण भएकोले देहायका विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफसहित स्पष्टीकरण पेस गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको छ,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित: Oct 16, 2022| 17:13 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...