घरदैलो गर्ने क्रममा त्यस क्षेत्रका मतदाताले सडक, खानेपानी, ढलजस्ता साझा माग उठाउँदै आआफ्ना गुनासो सुनिदिने व्यक्तिलाई भेट्न मुस्किल हुने गरेको प्रतिक्रिया दिए।
काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पुरा गर्ने बताए।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन्।
समूह ʽएचʼ मा रहेको पोर्चुगल कठिन समूहमा परेको छ। यो समूहमा पोर्चुगलसँगै अफ्रिकी राष्ट्र घाना, एसियाली टिम दक्षिण कोरिया र अमेरिकी टिम उरुग्वे रहेका छन्।
निर्वाचन आयोगले सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा आज आयोजित सत्तागठबन्धनको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई नयाँ युगमा लैजाने संकल्पसहित गठबन्धन निर्माण भएको बताए।
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताएका हुन्।
मंसिर ४ को निर्वाचन सम्पन्न गर्न अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको छ। त्यस्तै, निर्वाचन सुरक्षातर्फ पनि सरकारले १० अर्ब ४ करोड ८३ लाख रुपैयाँको स्रोत...