सोमबार, असार ८, २०८३

संविधानको रक्षा र लोकतन्त्रको विकासका लागि गठबन्धनलाई मत : प्रवक्ता महत

संविधानको रक्षा गरी यसमा सुधार र संशोधनका माध्यमबाट आगामी दिनमा अघि बढ्ने पनि उनले सुनाए।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ। कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विसं २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा जनता लागेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। संविधानको रक्षा गरी यसमा सुधार र संशोधनका माध्यमबाट आगामी दिनमा अघि बढ्ने पनि उनले सुनाए।

National life

‘गठबन्धनको नेतृत्व गरेको कांग्रेससहितका दल फराकिलो मतले विजयी हुन्छन्, निर्वाचन आयोगले तय गरेको सीमामा रही हामीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छौँ, मूलभूतरूपमा संविधानको रक्षा हाम्रो मुख्य उद्देश्य हो, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने वातावरण देखेका छौँ’, प्रवक्ता महतले भने।

आगामी निर्वाचनमा प्रत्यक्ष जत्तिकै महत्वपूर्ण समानुपातिक पनि भएकाले सबै निर्वाचन क्षेत्रमा समानुपातिकको मत माग्न पार्टी संयन्त्र परिचालन गरिएको कांग्रेसले जनाएको छ। विसं २०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा ४० स्थानमा विजयी भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबेलाभन्दा बढी स्थान आउने गरी प्रचारप्रसारमा लाग्न सबै जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको पार्टी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिए।

‘देशभरका ६१ क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार छैनन्, ती क्षेत्रमा प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा कांग्रेसको रूख चिह्नमा मतदान गर्न आह्वान गरेका छौँ, उम्मेदवार नभएका क्षेत्रमा समानुपातिकतर्फ मतका लागि विशेषरूपले प्रचारप्रसार गर्न पार्टी संयन्त्रलाई परिचालन गरिएको छ, प्रत्येक क्षेत्रमा समानुपातिकतर्फ दुईवटा मतपत्रमा अनिवार्यरूपमा रुखमा मतदान गर्न पार्टीका शुभेच्छुक एवं मतदातामा आग्रह गरेका छौँ’, प्रवक्ता महतले भने। 

देशलाई जोड्ने र सहिष्णु नेतृत्व आवश्यक परेकाले पनि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा धेरै स्थानमा जित्ने वातावरण बनेको विश्लेषण उनले सुनाए। कांग्रेस नेतृत्वले पार्टीभित्रका सबैलाई मिलाएर गठबन्धनको नेतृत्व गरेको पार्टीले जनाएको छ। विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेले पार्टीभित्रकै नेतालाई मिलाउन नसकेको आरोप प्रवक्ता महतले लगाए।

Shivam cement

‘विपक्षी गठबन्धनका नेता ओली असहिष्णु भएर भीम रावल र घनश्याम भुसाललाई टिकट दिनुभएन, भुसाललाई हामीले सहयोग गरेर सहिष्णु बनेका छौँ, पार्टीभित्रकै नेतालाई मिलाउन नसक्ने असहिष्णु नेतृत्वले अब देश चलाउन सक्दैन, जनताले कल्पनाको उडानलाई नभई प्रतिबद्धता पूरा गर्ने गठबन्धनलाई मतदान गर्छन्, यसैले कम बोलेर धेरै काम गर्ने सत्ता गठबन्धन देशको आवश्यकता हो’, उनले भने।  

कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दर्ता गर्नेलाई समर्थन गरेर त्यो क्षेत्रमा उम्मेदवार नउठाउने एमालेले पार्टीकै नेताहरू भीम रावल र घनश्याम भुसाललाई भने उम्मेदवार नबनाउनुले असहिष्णु बनेको पुष्टि हुने उनको भनाइ थियो। यति असहिष्णु नेतृत्व अब देशले नधान्ने निष्कर्ष कांग्रेसको छ।

यसअघिको निर्वाचनमा जनताले गरेको विश्वासमा ओलीले आघात पुर्‍याएको कांग्रेसको भनाइ छ। स्वतन्त्रका नाममा सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेर पनि देश नचल्ने निष्कर्षमा कांग्रेस पुगेको छ। विसं २००७ को परिवर्तनदेखि नै लोकतन्त्रका पक्षमा कांग्रेस चट्टानजत्तिकै उभिएको विषय यसपटक जनताले मूल्यांकन गरेको उनले सुनाए।

सिन्धुलीको एउटा पालिकामा हेफर इन्टरनेशनल नामको गैरसरकारी संस्थाले चुनावको मुखमा पैसा बाँड्दै एमालेका पक्षमा मत हाल्न लगाएको सूचना आएको उल्लेख गर्दै प्रवक्ता महतले गैरसरकारी संस्थालाई पार्टीका पक्षमा उपयोग गरेको घटनामा निर्वाचन आयोगको ध्यान जानुपर्ने बताए। 

प्रतिनिधिसभाका ९१ स्थानमा कांग्रेस र ७४ स्थानमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई मत माग्न उनले देशभरका नेता, कार्यकर्तालाई आह्वान गरे। यसैगरी प्रदेशसभातर्फ १७७ स्थानमा कांग्रेस र १५३ स्थानमा सत्ता गठबन्धनका अन्य उम्मेदवारलाई मत हाल्न पनि पार्टीले आह्वान गरेको छ।

निर्वाचनपछि सत्तागठबन्धनको नेतृत्व स्वाभाविकरूपमा कांग्रेसले गर्ने प्रवक्ता महतले बताए। कांग्रेसभित्र पनि सरकारको नेतृत्व स्वाभाविकरूपमा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले गर्ने जानकारी उनले दिए।  -रासस

प्रकाशित: Nov 14, 2022| 19:23 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...