सोमबार, वैशाख २४, २०८१

रोनाल्डोको टिम पोर्चुगलको कस्तो छ तयारी?

समूह ʽएचʼ मा रहेको पोर्चुगल कठिन समूहमा परेको छ। यो समूहमा पोर्चुगलसँगै अफ्रिकी राष्ट्र घाना, एसियाली टिम दक्षिण कोरिया र अमेरिकी टिम उरुग्वे रहेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- कतार विश्वकप सुरु हुन एक सातामात्र बाँकी छँदा क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको टिम पोर्चुगल प्रतियोगितालाई लिएर उत्साहित देखिएको छ। उसले यसअघि नै विश्वकप खेल्ने आफ्नो जम्बो टोलीको घोष्णा गरिसकेको छ। फिफा वरीयताको ९औं स्थानमा रहेको पोर्चुगलले प्लेअफ विजेता बन्दै विश्वकपमा स्थान बनाएको हो। विश्वकप छनोटको शीर्ष दुईमा रहन नसकेपछि पोर्चुगल प्लेअफमा धकेलिएको थियो। 

triton college

समूह ʽएचʼ मा रहेको पोर्चुगल कठिन समूहमा परेको छ। यो समूहमा पोर्चुगलसँगै अफ्रिकी राष्ट्र घाना, एसियाली टिम दक्षिण कोरिया र अमेरिकी टिम उरुग्वे रहेका छन्। सन् २०१८ को विश्वकपको अन्तिम १६ मा पोर्चुगल उरुग्वेसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो। घाना बलियो अफ्रिकी टिम हो भने पछिल्लो समय कोरिया पनि उच्च लयमा खेलिरहेको छ, जसले गर्दा पोर्चुगललाई समूह चरण पार गर्न केही कठिन हुनसक्छ।

कठिन समूह भए पनि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो आफ्नो टिमले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन्। उमेरका कारण यो विश्वकप आफ्नो अन्तिम विश्वकप हुन सक्ने उनले बताएका छन्। स्पेनी मिडियासँग रोनाल्डोले भनेका छन्, ʽकतार विश्वकप मेरो अन्तिम हुन सक्छ। पोर्चुगलजस्तो प्रभावशाली देशबाट खेलेर कप्तानी गर्न पाउनु मेरा लागि शौभाग्य हो। हामी अब पूर्ण रुपमा विश्वकपमा केन्द्रित छौं। कतारमा हामीले राम्रो प्रदर्शन गर्नेछौं। हामी कतारबाट पोर्चुगललाई विश्वमाझ प्रतिनिधित्व गर्नेछौं। अहिले टिममा युवा खेलाडीहरु धेरै छन्, जसले गर्दा हामीलाई विश्व विजेता बन्न यसपटक राम्रो अवसर छ। हामी कतारमा एक बलियो टोलीको रुपमा प्रस्तुत हुनेछौं।ʼ

रोनाल्डो पोर्चुगलको मात्रै नभई विश्वकै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनले पोर्चुगलको जर्सीमा १९१ खेल खेल्दै ११७ गोल गरेका छन्। उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेका इरानका अलि देइको १०९ गोलको कीर्तिमानलाई तोड्दै आफूलाई शीर्ष स्थानमा पुर्‍याएका हुन्। पोर्चुगलले विश्वकपमा घानाविरुद्ध नोभेम्बर २४ मा पहिलो खेल खेल्दैछ। त्यसपछि नोभेम्बर २९ मा उरुग्वे र डिसेम्बर २ मा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

प्रभावशाली खेलाडीको साथ
पोर्चुगलको फुटबल इतिहासमा अहिलेको टिमलाई स्वर्णीम टिम भन्दा फरक नपर्ला। किनकी अहिले पोर्चुगिच टिमका खेलाडीहरुले युरोपको व्यावसायिक फुटबलमा राम्रो प्रभाव पारिरहेका छन्। पोर्चुगलका कप्तान रोनाल्डो आफैंमा उत्कृष्ट खेलाडी हुन्। उनसले अहिलेसम्म पाँच च्याम्पियन्स लिगका साथै पाँचवटै बालोन डी'ओर पनि जितिसकेका छन्। पोर्चुगलको टिममा अहिले युवा खेलाडीको वर्चश्व रहेको छ। ती नयाँ युवा खेलाडीलाई युरोपका सबै ठूला क्लबले आफ्नो टिममा भित्र्याउन चाहन्छन्।

corrent noodles
Metro Mart


रुबिन डियास, जाओ कान्सेलो (म्यानचेस्टर सिटी), नुनो मेन्डेज, डानिलो (पिएसजी) जस्ता खेलाडी अहिले युरोपका उत्कृष्ट डिफेन्डरमा पर्छन्। बर्नाल्डो सिल्भा (म्यानचेस्टर सिटी), ब्रुनो फर्नान्डेज (म्यानचेस्टर युनाइटेड)ले पनि मिडफिल्ड लाइनबाट प्रिमियर लिगमा लोकप्रियता कमाइसकेका छन्। त्यस्तै, पोर्चुगिच टिमको अर्को बलियो पक्ष भनेको अट्याकिङ हो। रोनाल्डो (म्यानचेस्टर युनाइटेड), आन्द्रे सिल्भा (आरबी लेइपिज) र जाओ फिल्क्स (एथ्लेटिको मड्रिड) जस्ता अट्याकरलाई रोक्न विपक्षी टिमलाई सहज नहोला। उत्कृष्ट खेलाडीको साथमा रहेको पोर्चुगललाई विश्वकप उपाधि दाबेदार टिमका रुपमा मान्न सकिन्छ। 

विश्वकपमा पोर्चुगलको विगत
पोर्चुगलको इतिहास हेर्दा विश्वकपमा उसले अहिलेसम्म ठूलो प्रभाव पार्न सकेको छैन। अहिलेसम्म सात पटकमात्र विश्वकपमा छनोट भएको छ। उसले अहिलेसम्म विश्वकपको फाइनलमा स्थान बनाउन सकेको छैन। सन् १९६६ को विश्वकपमा तेस्रो स्थान हासिल गर्नु नै अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो पोर्चुगलका लागि। २००६ को विश्वकपमा पनि उसले चौथो स्थान हासिल गरेको थियो। त्यसबाहेक पोर्चुगलले दुईपटक अन्तिम १६ मा स्थान बनाएको छ भने बाँकी सबै प्रतियोगिताको समूह चरण पार गर्न सकेको छैन। 

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस विगतलाई बिर्सिएर आफ्नो टिमलाई लिएर पूर्ण रुपमा विश्वस्त छन् अहिले। उनी आफ्नो टिम विश्वविजेता बन्न योग्य रहेको दाबी गर्छन्। पोर्चुगिच मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ʽम विश्वकपलाई लिएर उत्साहित छु। हामीले विश्वकपलाई लिएर धेरै अगाडिदेखि नै रणनीति बनाइरहेका थियौं। हाम्रो टिममा विश्वस्तरीय खेलाडीहरु छन् जसले गर्दा  हामी विश्वकप जित्नका लागि योग्य छौं। हाम्रा खेलाडीहरु विश्वविजेता बन्नका लागि भोका छन्। उनीहरु जसरी पनि उपाधि जित्ने लक्ष्यमा छन्। मैले राम्रा खेलाडीहरुलाई टिममा राखेको छु। त्यसैले पनि हाम्रो टिममाथि शंका गर्ने कुनै ठाउँ छैन।ʼ 

पोर्चुगलका पूर्व मुख्य प्रशिक्षक पाउलो बेन्टोलाई बर्खास्त गरेपछि सन् २०१४ सेप्टेम्बरमा सान्तोसलाई उक्त जिम्मेवारी दिइएको थियो। ६८ वर्षे प्रशिक्षक सान्तोसले पोर्चुगललाई लगातार विश्वकपमा छनोट गराएका छन्। त्यस्तै, उनले पोर्चुगललाई एक युरो कप र एक नेसनल लिगको उपाधिसमेत जिताएका छन्। पोर्चुगलमै जन्मिएका उनी प्रशिक्षकका साथै लोकप्रिय डिफेन्डर पनि हुन्। 

पोर्चुगिच टिम
विश्वकपका लागि प्रशिक्षक फर्नान्डो सान्तोसले यसअघि नै २६ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन्। रोनाल्डो पाँचौं पटक विश्वकप खेल्ने टिममा परेका छन्। त्यस्तै, वेनफिकाका १९ वर्षीय डिफेण्डर एन्टोनिओ सिल्भा पहिलो पटक राष्ट्रिय टिममा परेका छन्। चोटग्रस्त डिफेन्डर पेपे पनि टिममा छन् तर चोटकै कारण टिमका महत्वपूर्ण फर्वाड डिएगो जोटाले भने यसपटकको विश्वकप गुमाएका छन्। जाओ माउटिन्हो, जोस फोन्टे र रेनाटो सान्चेज जस्ता खेलाडी टिममा अटाएनन्। पेड्रो नेटा भने चोटका कारण यसअघि नै विश्वकप होडबाट बाहिरिसकेका छन्।

गोलकिपरः डिएगो कोस्टा, जोस सा, रुई प्याट्रिसिओ

डिफेन्डरः  डिएगो डालोट, जाओ कान्सेलो, एन्टोनिओ सिल्भा, डानिलो, पेपे, रुबेन डियास, नुनो मेन्डेज, राफेल गुरेइरा

मिडफिल्डरः जाओ पाल्हिन्हा, रुबेन नेभेस, बर्नार्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जाओ मारिनो, माथ्युज नुनेज, ओटाभिहो, भिटिन्हा, विलियम कार्भाल्हो

अट्याकिङः आन्द्रे सिल्भा, क्रिस्टियानो रोनाल्डो, गोन्कालो रामोस, जाओ फेलिक्स, राफाल लिएओ, रिकार्डो होर्ता

प्रकाशित: Nov 14, 2022| 20:06 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।