सोमबार, असार ८, २०८३

काठमाडौंका मतदाताका माग मेलम्चीको पानी

घरदैलो गर्ने क्रममा त्यस क्षेत्रका मतदाताले सडक, खानेपानी, ढलजस्ता साझा माग उठाउँदै आआफ्ना गुनासो सुनिदिने व्यक्तिलाई भेट्न मुस्किल हुने गरेको प्रतिक्रिया दिए।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदान केन्द्रमा खटिने कर्मचारीका तालिम र प्रशिक्षण पूरा भई हाल निर्वाचन केन्द्र र मतपत्रको व्यवस्थापन भइरहेको छ।

National life

यहाँ सुरक्षा र व्यवस्थापनको दृष्टिकोणबाट सहज हुनेगरि मतदान केन्द्र चयन गरिएको छ। काठमाडौँ-१ मा मतदान र मतगणना छिटो सम्पन्न हुनेगरि जनशक्ति व्यवस्थापन गरिँदैछ।

एउटा केन्द्रमा करिब नौ कर्मचारी रहनेगरी काठमाडौँका १० संघीय निर्वाचन क्षेत्रका लागि छ हजारभन्दा बढी जनशक्ति निर्वाचनमा खटिनेछन्। निर्वाचन अधिकृतको कार्यालयले यस निर्वाचनमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गतामैत्री मतदान केन्द्र हुने जनाएको छ। देशको प्रमुख प्रशासनिक भवन सिंहदरबारसहित हालको सङ्घीय संसद् भवन रहेको बानेश्वरसमेत समेटिएकाले पनि यो क्षेत्रमा सबैको चासोमा छ। कुल मतदातामध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष रहेको यस निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५२ मतदान केन्द्र कायम गरिएको छ। जातीय हिसाबले यस निर्वाचन क्षेत्रमा ५३.१३ प्रतिशत खस आर्य र ३७.५० प्रतिशत आदिवासी रहेको निर्वाचन आयोगको तथ्यांकमा छ।

चर्चामा राजधानीको पहिलो निर्वाचन क्षेत्र

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ चर्चामा रहेको छ। प्रजातन्त्र बहालीपछिका हरेक निर्वाचनमा सर्वाधिक चर्चामा रहेको यस क्षेत्रबाट पछिल्ला निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सदनमा प्रतिनिधित्व गर्दै आएका छौँ।

Shivam cement

उक्त क्षेत्रबाट राष्ट्रिय राजनीति र सामाजिक क्षेत्रमा परिचित कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले) का किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, राष्ट्रिय  स्वतन्त्र पार्टीका पुकार बमबीच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। सो क्षेत्रबाट १० महिला, ११ स्वतन्त्रसहित २१ राजनीतिक दलका उम्मेदवारबीच भिडन्त हुँदैछ।

२९ देखि ६६ वर्ष उमेर समूहका उम्मेदवारबीचको  प्रतिस्पर्धाको छिनोफानो गर्ने  यस निर्वाचनमा ४५ हजार १८ मतदाताको सूची कायम छ। यस निर्वाचनमा त्यस क्षेत्रका जनताले खासगरी मेलम्चीको खानेपानी र सुशासनको मुद्दाबारे उम्मेदवारसँग प्रश्न गरिरहेको देखिएको छ।

उक्त निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, राप्रपा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, हाम्रा नेपाली पार्टी, नेपालका लागि नेपाली पार्टी, राप्रपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भाग लिएका छन्। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेसनलिस्ट पिपल्स पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस (बिपी),  नेपाल वाद, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धामा उत्रिएका छन्। घरदैलो गर्ने क्रममा त्यस क्षेत्रका मतदाताले सडक, खानेपानी, ढलजस्ता साझा माग उठाउँदै आआफ्ना गुनासो सुनिदिने व्यक्तिलाई भेट्न मुस्किल हुने गरेको प्रतिक्रिया दिए। मतदाताको मुख्य मागमध्ये सुशासन र मेलम्चीको पानीको दिगो अवतरण पनि रहेको छ।

उक्त क्षेत्रबाट हरिशरण श्रेष्ठ, प्रकाश नायजु, हरेन्द्र चौधरी, प्रकाश श्रेष्ठ, डम्बर शाह, बालकृष्ण न्यौपाने, शान्तिदेवी केसी, सुरेन्द्रप्रसाद ढकाल, मञ्जु रानामगर, इन्द्रबहादुर थापा, मानबहादुर राई र रिषम भट्टराई प्रतिस्पर्धामा छन्। त्यस्तै किरणकुमार शर्मा पौडेल, शंकर बञ्जाडे, हरिकुमार घले, मनिता लिगल श्रेष्ठ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, सङ्गीता बोगटी, दुर्गाप्रसाद लिम्बू, कूलबहादुर तामाड, निर्जल शाह, मीरा विष्ट, देव शर्मा, सङ्गीता राजवाहक र सीता तामाङ (केसी) ले पनि संघीय सांसदमा आकाङ्क्षा राखेका छन्।

प्रकाशित: Nov 14, 2022| 21:35 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...