सोमबार, असार ८, २०८३

देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

सिन्धुली- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन्। सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे।

National life

उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए।

‘एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईँको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ’, अध्यक्ष ओलीले भने। उनले सुनकोशी मरिण डाइभर्सन, मदन भण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए।

एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे।

प्रकाशित: Nov 14, 2022| 19:40 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...