शुक्रबार, साउन ८, २०८३

नक्कली सुन धितो राखेर ऋण लिने एकजना पक्राउ

नक्कली गहना राखी पोखरा महानगरपालिका-१७ विरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ ऋण लिएका एकजना पक्राउ परेका हुन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- नक्कली सुनका गरगहना धितोमा राखेर ऋण लिएका एकजना पक्राउ परेका छन्। नक्कली गहना राखी पोखरा महानगरपालिका-१७ विरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट २४ लाख ५ हजार रुपैयाँ ऋण लिएका एकजना पक्राउ परेका हुन्।

ऋण लिएको लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएका कारण शंका लागि गहना चेक गर्दा कमसल सुन फेला परेको हो। 

धितो जाँचसँगै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पर्वत कुश्मा नगरपालिका-३ का २५ वर्षका अभिषेक सुनारलाई पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 14, 2022| 21:23 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।