सोमबार, वैशाख २८, २०८३

यू-१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित

वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

कैलाली- वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ। महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो। बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो।

National life

बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल भए भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन।

बलिङमा दार्चुलाका बिपीन धामीले ८ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए। वीरेन वमले ८ ओभरमा ५९ रन खर्चिँदा सागर वमले पनि २।१ ओभरमा १७ रन खर्चिँदै समान २/२ विकेट लिन सफल भए। एक सय ६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र एक सय १२ रन बनाउन सक्यो। दार्चुलाका लागि नीरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८र१८ रन बनाए। बिपीन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन।

बैतडीका लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए भने आकाश चन्दले ५ ओभरमा १७ रन खर्चिँदै २ विकेट लिन सफल भए। वाइवाइ यू १९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए।


प्रकाशित: Nov 14, 2022| 21:43 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।