नेपालका लागि अमेरकी राजदूत र्याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन्। राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।
नेपाल-भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न...
गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ। विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ।
नेपालमा हिन्दू-मुस्लिमबीच धार्मिक सहिष्णुता भएपनि द्वन्द्व चर्काउने प्रयास भइरहेको आरोपसमेत उनले लगाएका थिए। सहिष्णुतालाई खलल पुर्याउने प्रयास भइरहेको भन्दै यसबाट बच्न जरुरी रहेको उनले बताए।
काठमाडौं महानगरपालिकाले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएको छ।
नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला पक्षले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिए।