बिहीबार, वैशाख ३१, २०८३

काउन्टरमा बसको टिकट पाउनै मुस्किल

वडा दसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन्।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- वडा दसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन्।

National life

काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा शनिबार (आज) भेटिएका उनीहरुले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन्। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए।

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दशैंमा घर जान नै नसकिने अवस्था आएको बताए। उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोश समेत व्यक्त गरे।

केही यात्रुहरु भने टिकट नपाएपनि बसको क्याविनतिर बसेर घर जाने तयारी थिए। टिकट पाउनै गाह्रो भएकाले क्याविनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगंजकी दिलमाया खत्रीले बताउनु भयो। उहाँले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरुले दुःख पाएको प्रतिक्रिया समेत दिए।

बस व्यवसायीहरुले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रुहरुलाई ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरुको चर्को गुनासो छ। उनीहरुले सरकारले दशैंमा घर जानेहरुलाई बसको टिकटको लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोश समेत व्यक्त गरेका छन्।


प्रकाशित: Sep 30, 2022| 17:29 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।