मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री

सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन्।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका छन्। 

संगीतकार संघ नेपालले शुक्रबार आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन्। 

कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरुलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उनले बताए। 

उनले भने, ‘अब खेललाई हामीले शिक्षाको रुपले अगाडी बढाउने पहल सुरु गरेजस्तै हामीले एउटा पहल थालौँ। सांस्कृतिक विश्वविद्यालयको कन्सेप्टभित्र कसरी लाने? सबैलाई जीवन दिने मानिसहरुको तेरो सर्टिफिकेट कति हो भनि सोध्नुपर्ने जस्तै। उसले डिग्री हासिल गर्न मार्कसिट त लिनै पाउँदैन नि। कतिबेला उसले साधना गर्छ भन्ने कुरा छ।'

उनले आफुले खेल क्षेत्रलाई पनि शिक्षाको रुपमा अगाडी बढाउन पहल गरेको भन्दै उनले खेलकुद विश्वविद्यालय स्थापनाको लागि पनि छलफल सुरु गरेको बताए। 

उनले थपे, 'एउटा खेलाडी खेल मैदानमा हुन्छ। उसले कतिबेला कोर्स पढ्न पाउँछ? त्यसैले यो विषयगत शिक्षा आर्जन नगर्दासम्म हामी अगाडी बढ्न सक्दैनौँ। प्रत्येक चिजको सम्मान भनेको विषयगत शिक्षा र विषयगत डिग्रीले मात्रै हो भन्ने मलाई लाग्छ। त्यसैले यो छलफल पनि आगामी दिनमा थालौँ।’

मन्त्री गहतराजले नेपालको सांगीतिक क्षेत्रले नेपालको राजनीतिक प्रक्रियाहरुमा महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरे। 

प्रकाशित: Sep 30, 2022| 18:57 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।