मंगलबार, साउन १२, २०८३

दसैंमा घर जाने गाडी भाडा कति? (सूचीसहित)

यातायात व्यवस्था विभागले भने सार्वजनिक गाडीलाई व्यवस्थापन गर्ने कार्य भइरहेको जनाएको छ। विभागका महानिर्देशक टोकराज पाण्डेले काठमाडौं उपत्यकामा चल्ने गाडीलाई पूर्वपश्चिम जता गए पनि रुट परमिट खुल्ला गरिएको जानकारी दिए।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- बडा दसैं मनाउन उपत्यका छोडेर घर जानेहरुको चाप बढ्न थालेको छ। नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका स्थानमा घर जाने यात्रुहरुको चाप बढ्न थालेको हो। 

यातायात व्यवस्था विभागले भने सार्वजनिक गाडीलाई व्यवस्थापन गर्ने कार्य भइरहेको जनाएको छ। विभागका महानिर्देशक टोकराज पाण्डेले काठमाडौं उपत्यकामा चल्ने गाडीलाई पूर्वपश्चिम जता गए पनि रुट परमिट खुल्ला गरिएको जानकारी दिए। 

उनका अनुसार टाढा जाने यात्रुका लागि गाडी अपुग नहोस् भन्‍नका लागि रुटपरमिट खुला गरी व्यवस्थापन गरिएको छ। उनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही गरिएको दाबी गरे। कतिपय टिकट काउन्टरमा बढी भाडा लिएको गुनासो आएको उनले बताए। 

आफ्नो गन्तव्यमा जाने भाडाबारे यात्रु पनि सचेत भएमा ठगीका घटना न्यूनीकरणमा टेवा पुग्‍ने उनको भनाइ छ। सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापन यात्रुसँग बढी भाडा लिनेहरुलाई कारबाही गर्ने अभियान पनि थालिएको छ। उक्त अभियान अन्तर्गत ६१ जनालाई कारबाही गरिएको जनाइएको छ। 

विभागले गत असार २७ गते निर्धारण गरेको सार्वजनिक सवारीसाधनको बस भाडा नै हाल लागू भएको विभागले जनाएको छ। सोही भाडादरमा नै यात्रुले दसैंमा यात्रा गर्न सक्नेछन्। 

कहाँ जान कति तिर्नुपर्छ गाडी भाडा?

प्रकाशित: Sep 30, 2022| 17:25 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।