सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक [तीन तस्बिर]

Siddartha premir insuranceSiddartha premir insurance

गोठाटारमा गार्मेन्ट व्यवसायीको हत्या आरोपित तीन जना सार्वजनिक [तीन तस्बिर]

प्रहरीको विशेष टोलीले उपत्यका र वीरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो।
 |  शुक्रबार, असोज १४, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, असोज १४, २०७९

ntc landingntc landing

काठमाडौं- असोज ३ गते काठमाडौंको गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्यामा सहयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका १६ निवासी २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका-१५ निवासी १९ वर्षीय रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका-१ निवासी २१ वर्षीया सुस्मिता स्याङ्तानले हत्यामा सहयोग गरेको भन्दै प्रहरीले सार्वजनिक गरेको हो। 

himalayan bank box

प्रहरीको विशेष टोलीले उपत्यका र वीरगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई शुक्रबार सार्वजनिक गरेको हो। 

पक्राउ परेका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यस्थापनमा सघाएको प्रहरीको दाबी छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सुस्मिताले हत्या गरिएका मोहम्मदको गतिविधि निगरानी गर्ने भूमिका निर्वाह गरेकी थिइन्। 

सुस्मिता चोरी मुद्दामा कारागार बसेर छुटेकी थिइन्। उनले २०७६ असार ११ गतेदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरेकी थिइन्। 

असोज ३ मा कारबाट झर्ने क्रममा सर्लाहीको सिसौरिया-६ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालक ५८ वर्षीय लाल मोहमद भन्ने मोहम्मद दर्जीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गरी हत्या गगरेका थिए। गोली लागी घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा  उपचारका क्रममा मृत्यु भएको थियो। 

उनीहरुविरुद्ध 'मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर' मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।प्रहरीले उक्त हत्याकाण्डमा प्रयोग भएको एउटा पेस्तोल पनि बरामद गरेको छ।

घटनाका मुख्य योजनाकार नितिन मदन भएको आशंका प्रहरीको छ। उनी हालसम्म फरार छन्। 

प्रकाशित: Sep 30, 2022| 17:33 शुक्रबार, असोज १४, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।