बिहीबार, वैशाख ३१, २०८३

अझै रोकिएन बालविवाह

नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन। विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- नेपालको अति सीमान्तकृत जातिमा पर्ने थामी समुदायमा अझै बालविवाह रोकिएको छैन। विवाह गर्नका लागि कानूनले २० वर्षको उमेर हद तोके पनि रामेछापको थामी समुदायमा कम उमेरमै विवाह गर्ने चलन छ।  

National life

अभिभावकको सहमतिमा १८ वर्ष र अभिभावकको सहमतिविना २० वर्षभन्दा कम उमेरमा विवाह गरेमा बालविवाह मानिन्छ। कानूनले विवाहका लागि उमेर हद तोके पनि रामेछापको दोरम्बा गाउँपालिका–१ को थामी समुदायमा १३/१४ वर्षकै उमेरमा विवाह गर्ने चलन छ। थामी समुदायका बालबालिकाले माध्यमिक तहसम्मको शिक्षा पनि प्राप्त गर्न सकेका छैनन्। त्यसैले उनीहरुको चेतनास्तरमाथि उठ्न सकेको छैन। 

आफ्नो निर्णय गर्न सक्ने क्षमता र बालविवाह गर्दा हुने बेफाइदाका बारेमा आफ्ना अभिभावकलाई बुझाउन नसक्दा उनीहरूमा बुबाआमाले भनेको मान्नैपर्ने बाध्यकारी अवस्था छ। 

मुस्किलले प्राथमिक तहसम्मको अध्ययन गर्ने गरेका सो समुदायका बालबालिकाको सानै उमेरमा विवाह भएपछि विद्यालय छाड्ने दर पनि बढ्दै गएको छ। 

विवाहपछि अभिभावकले विद्यालय नपठाउने र काममा खटाउने गरेको स्थानीय डिकबहादुर थामी बताउछन्। थामी समुदायमा विभिन्न खालका जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए।

प्रकाशित: Sep 30, 2022| 19:47 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।