बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दीर्घकालीन फोहोर विसर्जन स्थल खोजी गर्दै काठमाडौं महानगर

दीर्घकालीन फोहोर विसर्जन स्थल खोजी गर्दै काठमाडौं महानगर

बन्चरेडाँडामा फोहोर लैजाँदा पटक–पटक समस्या सिर्जना भएपछि उपत्यकामै व्यवस्थापन गर्न स्थान पहिचान खोजीमा लाग्यो महानगर।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं– काठमाडौं महानगरले कुहिने फोहर काठमाडौं उपत्यकामै व्यवस्थापन गर्न स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बन्चरेडाँडा लैजाँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचान खोजीमा लागेको महानगरले बताएको हो। 

National life

बन्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरुप महानगरले यस किसिमको अध्ययन सुरु गरेको हो। महानगर प्रमुखको सचिवालयका सदस्य सुनील लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त काम थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ 

फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बन्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ।  

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि १ सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।

प्रकाशित: Sep 30, 2022| 12:20 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।