शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा होउ यान्छीको कार्यकाल सकियो, आसियानको राजदूत बन्‍ने

नेपालमा होउ यान्छीको कार्यकाल सकियो, आसियानको राजदूत बन्‍ने

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार डिसेम्बर २०१८ मा नेपाल आएकी यान्छीको कार्यकाल सकिएको हो।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ। नेपालस्थित चिनियाँ दूतावासका अनुसार डिसेम्बर २०१८ मा नेपाल आएकी यान्छीको कार्यकाल सकिएको हो। 

चिनियाँ विदेश मन्त्रालयले उनलाई दक्षिण पुर्वी एसियाली देशहरूको संगठन आसियान हेर्नेगरि राजदूतमा पठाउने भएको हो। उनी डिसेम्बर अघि नै नेपालबाट बिदा हुनेछिन्। नेपालका लागि नयाँ चिनियाँ राजदूतको नियुक्ति प्रक्रिया अब चाडैं अघि बढ्ने पनि दूतावास स्रोतल जानकारी दिएको छ। 

डिसेम्बर २०१७ मा नेपालका लागि राजदूत नियुक्त भएकी यान्छीले ७ जनवरी २०१८ मा नेपालका राष्ट्रपति विद्या भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएकी थिइन्। यान्छीले नेपालको राजदूतको रुपमा कार्यभार सम्हाल्दै गर्दा नेपालको राजनीतिमा निकै ठूलो ध्रुवीकरण भएको थियो। नेपालका दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको सात महिना भइसकेको थियो।

चीनको उत्तर पश्‍चिममा पर्ने भूपरिवेष्ठित प्रान्तमा जन्मिएकी यान्छीले सन् १९९६ देखि चिनियाँ विदेश मन्त्रालयअन्तर्गत एसियाली मामिला विभागबाट सेवा सुरु गरेकी थिइन्। सन् १९९८-२००१ सम्म पाकिस्तानमा रहेको चिनियाँ दूतावासमा रहेर काम गरेकी यान्छीले २००१ देखि २००७ सम्म चिनियाँ विदेश मन्त्रालयमा रहेर एसियाली देशहरु हेर्ने जिम्मेवारी पाइन्। 

२००९ सम्म लस एन्जेलसको कन्सुलरका रुपमा काम गरिन् भने सन् २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयअन्तर्गत नै रहेर एसिया क्षेत्रको सुरक्षा, आर्थिकलगायत क्षेत्रमा काम गरेकी थिइन्। सन् २०१८ देखि नेपालमा रहेकी यान्छीको कार्यकाल सकिएको हो। 

प्रकाशित: Sep 30, 2022| 22:05 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।