सोमबार, वैशाख १४, २०८३

समाज

जनयुद्ध दिवसलाई द्वन्द्वपीडितले सम्झिए कालो दिन

१ फागुन २०५२ बाट सुरु भएको कथित माओवादी सशस्त्र द्वन्द्व ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भएसँगै टुंगिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज ल्याइयो

कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ। सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा सिन्धुलीमा दुई जनाको मृत्यु

सिन्धुलीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

पर्वतको खुर्कोटमा जीप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते

पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

थुलुङ दुधकोशीको एक घरमा आगलागी, एक जना घाइते

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

आज परराष्ट्र मन्त्रालय बन्द नरहने

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

सालको गोलियासहित ट्याक्टर बरामद

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-४ मा रहेको जनकपुर गाउँबाट आज दिउँसो ९ थान सालको गोलिया ६१.३४ क्युफिट काठसहित ट्याक्टर बरामद गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु

आइतबार सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

घर भत्काउने क्रममा ललितपुरमा तीन तलाबाट खस्दा मजदुरको मृत्यु

ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै आवेदन मागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

फागुन लाग्दा पनि मौसमी प्रणाली सक्रिय छैन, कस्तो रहला आजको मौसम?

प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

ढुंगा लागेर जाजरकोटमा एक जनाको मृत्यु, एक घाइते

जाजरकोटको नलगाड नगरपालिकाको गेरेनी भिरमा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

ताप्लेजुङको लेलेप केन्द्रविन्दु बनाएर गयो भूकम्प

ताप्लेजुङमा सोमबार सबेरै भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

आज सार्वजनिक बिदा

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

प्रेम दिवसलाई लक्षित गर्दै सिंगारिएको सौराहा

नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र

धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

जहाँ घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन्। उनले एक लाखमा घोडा किनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

८ करोडमा बनेको सभागृह प्रयोगविहीन

सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ। तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

डडेल्धुराका दलित बस्तीमा धारा छ पानी छैन

अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो। यहाँ दुई सय ५० घरधुरी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

मलम्पारमा सडक सञ्जालले जोडेपछि स्थानीय हर्षित

अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्‍याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९