सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिवरात्रिमा २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

शिवरात्रिमा २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

राज्यका सुरक्षा निकायसँग समन्वय गरेर भक्तजनलाई सहज पशुपति दर्शनको व्यवस्था मिलाइने कोषले बताएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

National life
kumari

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले शिवरात्रि पर्व अवसरमा आराध्यदेव पशुपतिनाथ मन्दिर दर्शन गर्न करिब २० लाख भक्तजन आउने अनुमान गरेको छ। शिवरात्रिको तयारीबारे गरिएको पत्रकार सम्मेलनमा करिब २० लाख धार्मिक पर्यटक आउने अनुमान गरेको हो।

राज्यका सुरक्षा निकायसँग समन्वय गरेर भक्तजनलाई सहज पशुपति दर्शनको व्यवस्था मिलाइने कोषले बताएको छ। पशुपति क्षेत्रमा कोषबाहेक कुनै पनि संस्थाको लोगो, पर्चा, ब्यानर लैजान पाइने छैन।

कोषले स्वंयसेवक र विभिन्न सहयोगका नाममा रकम संकलन गरेको गुनासो सर्वसाधारणबाट आएपछि यो वर्ष त्यसलाई निषेध गर्ने भएको छ।शिवरात्रिमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ दर्शन गर्न आउने कार्यक्रम रहेको कोषले जनाएको छ।

प्रकाशित: Feb 16, 2023| 17:08 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।