सोमबार, असार २९, २०८३

सांसद भण्डारीलाई मुम्बई लगियो

उनीसँग जाने ६ जना चिकित्सक टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई कृत्रिम श्वासप्रश्वासको सहायतामा भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टर लगिएको छ।

शरीरको करिब ३० प्रतिशत भाग जलन भएका नेता भण्डारीलाई श्वासनलीमा समस्या देखिएका कारण अस्पतालले थप उपचारका लागि अन्यत्र रिफर गरेपछि उनलाई मुम्बई लगिएको हो।

अस्पतालका चिकित्सकले बताएअनुसार भण्डारीको अवस्था गम्भीर छ। श्वासप्रश्वासको नली सुनिन थालेको छ, जसले जटिलता थपेको छ। उनीसँग जाने ६ जना चिकित्सक टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्। 

भारतसम्म पुर्याउदा श्वासप्रश्वासमा समस्या नहोस् भनेर कृत्रिम रुपमा मुखबाट पाइप जोडेर श्वासप्रश्वासमा सहजता गराइएको चिकित्सकले बताएका छन्।

काठमाडौंको बुद्धनगरस्थित भाइको घरमा बस्दै आएका भण्डारी र उनकी आमा हरिकला बुधबार राती ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए।

भण्डारीकी आमा हरिकलाको भने बिहीबार बिहान कीर्तिपुर बर्न अस्पतालमा निधन भइसकेको छ।

प्रकाशित: Feb 16, 2023| 15:02 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।