सोमबार, वैशाख १४, २०८३

संरक्षण र प्रवर्द्धनका लागि भजन प्रतियोगिता

भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

डुम्रे- हिन्दू धर्मावलम्बीको महत्वपूर्ण मानिने भजन लोप हुने अवस्थामा छ। विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेको छ। 

National life

भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो। 

भजनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए। ‘भजनको संरक्षणका लागि प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको हो’, उनले भने। 

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, द्वितीय हुनेलाई ३६ हजार, तृतीय हुनेलाई २१ हजार र सान्त्वनालाई पाँच हजार एक सय तथा प्रमाणपत्र प्रदान गरिने लम्सालले बताए। 

महाशिवरात्रि पर्वका अवसरमा सामूहिक व्रतबन्ध, अखण्ड दीप प्रज्वलन, शिवध्वनि पुजन र विविध धार्मिक अनुष्ठान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ। साथै सोही दिन वरिष्ठ लोकदोहोरी तथा भजन गायक पुरुषोत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको साङ्गीतिक प्रस्तुति रहनेछ।

kumari

धार्मिकस्थलका रुपमा विकास भएको च्यवनधाम परिसरमा एक सय आठ धारा, एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपीपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थानलगायतका संरचना रहेका छन्। शिवरात्रि, साउने सोमबार, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा यहाँ भक्तजनको आवागमन हुने गर्दछ। यहाँ मुक्तिनाथको शैलीमा मन्दिर निर्माण गरिएको छ। 


प्रकाशित: Feb 16, 2023| 15:21 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।