आइतबार, जेठ ३, २०८३

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

National life

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन(आईओसी)ले मूल्य घटाएर बिहीबार नयाँ सूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ। हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ।

आईओसीले प्रत्येक १५/१५ दिनमा नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ। सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ। अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ।

प्रकाशित: Feb 17, 2023| 07:38 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्