सोमबार, जेठ ४, २०८३

६ पत्रकारले पाए सेजन अवार्ड

सेजनले यस वर्ष विभिन्न विधामा ६ जना आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गरेको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रत्येक वर्ष वर्ष प्रदान गर्ने सेजन अवार्ड यस वर्ष बढाएर ६ विधामा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई वितरण गरिएको छ। सेजनले यस वर्ष विभिन्न विधामा ६ जना आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गरेको हो। 

National life

यस वर्षको डा. भोला चालिसे लिबरल जनर्नालिज्म अवार्ड कान्तिपुर दैनिकका अर्थ ब्युरो प्रमुख कृष्ण आचार्यले प्राप्त गरेका छन्। 

यस वर्षको सेजन ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टेलिभिजनका विनय बन्जरा, सेजन प्रिन्ट मिडिया अवार्ड टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकी र सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुरप्रसाद दुलाल (माधव) ले प्राप्त गरेका छन्।

यस्तै, यस वर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापाले प्राप्त गरेका छन्। यस वर्षको सञ्जय न्यौपाने आर्थिक पत्रकारिता फेलोसिप कारोबार दैनिकका कौसिला कुँवरलाई दिइएको छ।

१ मंसिर २०७८ देखि २०७९ कात्तिक मसान्तसम्म प्रकाशित अर्थ विधाका समाचारलाई आधार बनाएर सेजनले पत्रकारलाई विभिन्न विधामा छनोट गरी पुरस्कार प्रदान गरेको हो। पुरस्कार वितरण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलले आइतबार बेलुकी आयोजित कार्यक्रममा हस्तान्तरण गरेका थिए।

प्रकाशित: Feb 13, 2023| 10:57 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्