सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ।

National life

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेकोमा गृह मन्त्रालयले बिदाबारे सूचना जारी गरेको थियो।

राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

प्रकाशित: Feb 13, 2023| 07:06 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्