सोमबार, जेठ ४, २०८३

संसद् पुग्यो सम्पत्ति शुद्धीकरण विधेयक

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालू अधिवेशनमा संसद्मा दर्ता भएको पहिलो हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– संसद्को चालू अधिवेशनमा पहिलो पटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ संसद् सचिवालयमा दर्ता भएको छ। 

National life

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालू अधिवेशनमा संसद्मा दर्ता भएको पहिलो हो।

विधेयकमार्फत सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन एकै पटक संशोधन गर्न लागिएको छ। सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन संशोधन गर्न लागिएको छ। 

सोहीअनुसार सो विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, पानीजहाज दर्ता ऐन २०२७, मालपोत ऐन, २०३४, पर्यटन ऐन, २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन, २०६३, धितोपत्रसम्बन्धी ऐन, २०६३, नेपाल राष्ट्र बैंक ऐन, २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का) नियन्त्रण र जफत ऐन, २०७० मा संशोधनजस्ता विधेयक संशोधन हुन लागेको हो।

प्रकाशित: Feb 12, 2023| 11:30 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्